हाम्रो देश
१३ असार २०७९, सोमवार

अस्पतालमा आगलागी हुँदा आईसीयूमा उपचाररत १३ कोरोना संक्रमितको मृत्यु

मुम्बई ।    भारतको महाराष्ट्र प्रान्तस्थित विजय भल्ला अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान आगलागी हुँदा सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत १३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा २३ देखि ६८ वर्षसम्मका रहेको बताइएको छ ।

आगलागी भएको बेला अस्पतालमा ९० जना बिरामीलाई भर्ना गरिएको र त्यसमध्ये १७ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।