हाम्रो देश
१३ असार २०७९, सोमवार

९ हजार ६६४ को पीसीआर/एन्टिजेन परीक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना पुष्टि

काठमाडौं ।    नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको पीसीआर/एन्टिजेन परीक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ७९८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ४४९ जना र ८६६ जनाको एन्टिजेन परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ५५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय १० संक्रमित निको भए, ५ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय १० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय १० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६६४ जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २३ लाख ८८ हजार २०० जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।