हाम्रो देश
११ माघ २०७७, आइतवार

प्रचण्ड परिवारले मनायो प्रकाशको स्मृति दिवस

काठमाडौं : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारले छोरा प्रकाश दाहालको दोस्रो स्मृति दिवस मनाएको छ। प्रचण्ड निवास खुमलटारमा सोमबार परिवारका सदस्यहरुले श्रद्धान्जली कार्यक्रम राखेर स्मृति दिवस मनाएका छन्।

प्रकाशको ३ मंसिर २०७४ मा हघयघातका कारण निधन भएको थियो। अघिल्लो वर्ष निवासमा सार्वजनिक कार्यक्रम राखेर प्रकाशको श्रद्धान्जलीसभा गरेको दाहाल परिवारले यसपटक आफ्नै परिवारका सदस्यका बिचमा मात्र श्रद्धान्जली कार्यक्रम राखेको हो।

अध्यक्ष दाहाल, सीता दाहाल, खानेपानी मन्त्रीसमेत रहेकी प्रकाशकी श्रीमती विना मगर लगायत राजनीतिक दलका नेता र परिवारका अन्य सदस्यहरुले प्रकाशको फोटोमा माल्यार्पण गरेका हुन्।

प्रतिकृया दिनुहोस्