हाम्रो देश
१२ असार २०७९, आइतवार

सर्वसाधारणले तत्काल धरहरा चढ्न नपाउने, यस्ता छन् सुविधा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको धरहराको उदघाटन गरेका छन् ।

शनिबार धरहराको सबैभन्दा माथिल्लो अर्थात २० औं तलाको बार्दलीबाट पुष्पवृष्टी गर्दै ओलीले धरहराको उदघाटन गरेका हुन् ।

ओलीले धरहरामा राखिएको शिलालेख अनावरण गर्दै २० औं तलामा पुगेर उपत्यकाको दृष्यावलोकनपछि पुष्पवृष्टि गर्दै उदघाटन गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको हो । छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले सुन्धारामा रहेको धरहरा ढलेको थियो ।

धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेकालो तत्काल सर्वसाधारणका लागि खुला गरिएको छैन् ।

धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरण जनाएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा तीन अर्ब ४८ करोड रुपियाँको लागतमा धरहरा निर्माण सम्पन्न हो ।

यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ ।

धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । धरहरा क्षेत्रमा तीनतल्ले भूमिगत पार्किङको व्यवस्था गरिने छ । जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न सकिने छ ।

हाललाई धरहरामा रंगरोगनको काम सकिएको छ । साथै दुईवटा लिफ्ट जडान गरिएको छ ।