हाम्रो देश
१२ असार २०७९, आइतवार

अस्पताल भरिन थाले पछी सुदूरपश्चिममा कोरोना ‘हटस्पट’ बन्दै

टेकसिंह धामी /धनगढी । धनगढीको अस्पतालहरु कोरोना सं*क्रमितले भरिँदै गएको छ । धनगढीस्थित ५० शैयाको अस्पतालमा ३८ जना कोरोना सं*क्रमितहरू उपचाररत छन् । अस्पतालमा तीन जनाको भेन्टिलेटर र १० जनाको आइसियुमा तथा १० जनाको अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

सुदूरपश्चिममा एकै दिन थपिए ९४ जना कोरोना संक्रमित : कोरोनाको दोस्रो लहरसँगै सुदुरपश्चिम कोरोनाको हटस्पट बन्दै गएको छ । भारतबाट नेपाली नागरिकहरु नेपाल फर्किएसँगै सं*क्रमणको जोखिम झन् बढेको हो । सुदूरपश्चिममा शुक्रबार मात्रै थप ९४ जनामा कोरोना भाइरसको सं*क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा २२७ नमुना परीक्षण गर्दा ९४ जनामा सं*क्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६३ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा सं*क्रमण पुष्टि भएको हो । त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र अछामको कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा सं*क्रमण पुष्टि भएको छ ।