हाम्रो देश
१२ असार २०७९, आइतवार

पछिल्लो २४ घण्टामा २६ सय बढीमा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६६८ जनाको पिसिआर परीक्षणमा २६सय १९ जनालाई संक्रमण पुष्टि भएको हाे ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९७ हजार ७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ८सय २ पुगेको छ। काठमाण्डु उपत्यका अन्तर्गत काठमाण्डुमा ६सय ४४, ललितपुरमा १सय ४१ र भक्तपुरमा ८७ जना गरी ८सय ७२ जना थपिएका छन् ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । देशभर ७१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १३६ पुगेको छ ।