हाम्रो देश
१२ असार २०७९, आइतवार

७ बर्ष बितिसक्दा समेत पचपैनी काे निर्माण सम्पन्न भएन कृषक चिन्तित रंगेली नगरपालिका मुख दर्शक !!

रबिन्द्र बराल

बैशाख ११ , शनिबार :  माेरङकाे रंगेली नगरपालिका ९ स्थित सखुवाथानमा पचपैनी निर्माणकार्य सुरु भएको सात बर्ष बितिसक्दा समेत उक्त काम ले भने गति लिन सकेको छैन । नेपाल सरकार तथा प्रदेश सरकार ले साे क्षेत्रका कृषक हरु काे खेतमा सिचाइ पुर्याउने उदेश्यले सुरु गरेको याेजना ले भने गति लिन सकेको छैन । सरकार काे निगरानी नहुदा ठेक्केदार काे लापरबाही का कारण उक्त याेजना अलपत्र परेको हाे । साे क्षेत्रमा रहेको सयाै बिघा खेतीयोग्य जग्गा मा बर्षाे देखि कृषक हरु आकाश काे भरमा खेति गर्ने बाध्य रहेका छन । पछिल्लो समयमा उक्त पचपैनी निर्माणकार्य सुरु भए पछि त्यस भेगका कृषक हरु अब सिचाइ काे लागि आकास काे भर नपर्नु पर्ने भन्दै खुशिले दङ्ग भएका थिए । तर उक्त पचपैनी काे निर्माणकार्य ले गति नलिदा निरास भएकाे कृषक मंङ्गल दाहाल ले बताए । उक्त पचपैनी निर्माण नगर्दा साे पैनी छेउछाउमा बर्षाे देखि बस्दै आएका १५ घर परिवार समेत उच्च जाेखिमा रहेकाे छ । वर्षा काे समयमा बाडि भेल का कारण साे क्षेत्रमा रहेको घरहरु समेत उच्च जाेखिमा रहेको स्थानीय पन्च चाैधरी ले बताए ।

आफू हरुले बारम्बार ठेक्केदार कम्पनी हरु लाई आफुहरु काे घर जाेखिम मा रहेको र उक्त पचपैनी चाडैं निर्माणकार्य गर्ने बारम्बार जानकारी गराउदा समेत बेवास्ता गरेको राेशन लाल चाैधरी ले बताए ।

पुर्वाअन्चल सिचाइ डिभिजन २ नम्बर सुनसरी बाट पहिलो पटक याकथुमहाङ्ज एण्ड विपी कन्ट्रक्सन जेभी लाहान लाई पचपैनी निर्माणका लागि ३ करोडौं ७७ लाख५४ हजार ८ सय ९७ रुपैयाँ मा ठेक्का दिएको थियोे । उक्त काम २०७१ मंसिर २३ ठेक्का पाएकाे र २०७२ माघ २२ निर्माणकार्य सम्पन्न गरेर सरकारलाई जिम्मा लगाई सक्नुपर्ने समझाैता भएको थियोे । तर कन्ट्रक्सन ले भने विभिन्न बहाना बनाउदै जल उत्पन्न प्रकाेप नियन्त्रण तथा सिचाइ विकास डिभिजन कार्यलय बिराटनगर मा निवेदन हालेपछि साे कम्पनी लाई पहिलो पटक २०७३ साउन २१ देखि २०७४ असार १५ सम्म का लागि म्याद थप गरेको थियो । साे अबधिमा समेत काम सम्पन्न नगरेपछि पुनः कम्पनी लाई बिभाग २०७५ असार २५ देखि २०७६ असार २५ सम्म काम सम्पन्न गर्ने म्याद थप गर्दा समेत गरेको थियो । यसरी बारम्बार समय थप गर्दे ७ बर्ष बितिसक्दा समेत काम नसक्ने ठेक्केदरा लाई नेपाल सरकारले कार्वाही नगर्दा ठेक्केदार काे मनपरि का कारण साे याेजना काे काम भने अलपत्र रहेको छ ।

ठेक्केदार ले १ करोडौं ६८लाख २३ हजार ६ सय ७५ रुपैयाँ समेत काम गरेकाे रकम निकासा गरिसकेको छ । बारम्बार यसरी ठेक्केदार हरु लाई काम गर्ने म्याद थप गर्दा समेत निर्माणकार्य समय अबधि मै निर्माण सम्पन्न नगर्दा बिभागिय कार्वाही गर्ने भने सकेको छैन । बिपि जेभि का प्रमुख बैजनाथ झा का अनुसार आफुहरु ले ५० प्रतिशत काम सम्पन्न गरि सकेको र आफू हरु लाई सुरुकाे अबस्थामा साे ठाउँमा काम गर्ने समस्या भएको कारण ले समय अबधिमा काम गर्ने नसकिएको भन्दै पच्छिन समेत खाेजेका छन । रंगेली नगरपालिका ले आफ्नो नगर भित्र समेत यसरी ७ बर्ष देखि अलपत्र छाडेको याेजना समेत फर्केर नहेर्दाे कृषक हरु भने स्थानीय सरकार छ कि छैन भन्दै आक्राेस पाेखि रहेका छन ? अहिलेसम्म कुनै प्रतिनिधि हरु समेत साे याेजना काे रेखदेख समेत गर्ने नआउदा आक्राेसित समेत भएका छन । साे बिषयमा नगरपालिकाले समयमै ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।