हाम्रो देश
१३ असार २०७९, सोमवार

देशभक्त सभामुख पाएका छौं, उहाँलाई धन्यवाद छ : भीम रावल

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले सभामुख अग्नि प्रसाद सापकोटालाई एमसीसी रोकेको भन्दै धन्यवाद दिएका छन्। अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) रोकेको भन्दै रावलले सापकोटालाई धन्यवाद दिएका हुन्। ओलीले राष्ट्र हित वि’परीत एमसीसी पारित गराएर देशलाई बाह्य प्रभावमा पार्न खोजेको आरोप उनले आरोप लगाए।

रावलले भने, ‘देश हित वि’परीत जान्न भनेर सभामुखले भन्नुभएको छ, उहाँलाई धन्यवाद छ।’ देश हितविपरीतका प्रावधान राखिएको र त्यसलाई हटाएमा मात्र एमसीसी संशोधनसहित पारित गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे। ओलीले एमसीसी नेपालको कानुन भन्दा माथि र प्रसारण लाइनमा अमेरिकी अधिकार स्थापित गर्ने प्रावधान राखेर पारित गर्न खोजेको आ’रोप लगाए। उनले भने, ‘नेपालको संविधानभन्दा माथि एमसीसीमा उल्लेखित प्रावधान खतरनाक छ।’

एमसीसीमा भएका देशहितविपरीतको प्रावधान नहटाए सम्झौता रद्ध गर्नुपर्ने बताए। एमसीसीको प्रावधान सच्चिनुपर्ने उनले बताए। उनले भने, ‘कसैको ५अर्ब वार्षिक रकममा देशको अस्मिता लुट्न दिन मिल्छ?’ सुनको आसनमा बस्न दिएर आमाको अस्मिता लु’ट्न छुट दिए जस्तै स्वीकार्य नहुने बताए। देशलाई अफ’गानिस्तान र सि’रियाको अवस्थामालाने शैली स्वीकार्य नभएको बताए।