हाम्रो देश
१४ असार २०७९, मङ्गलवार

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

काठमाडौं। कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको नि’धन भएको छ। सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा नि’धन भएको अस्पतालले जनाएको छ।

नेपालगञ्ज–३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा नि’धन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। थापाका अनुसार सि’द्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भे’न्टिलेटरमा राखेर उपचार गरिरहेको थियो।

उनलाई म’धुमे’हको स’मस्या रहेको डा. थापाले बताए। २०३६ सालदेखि प्रजातान्त्रिक आ’न्दोलनमा सक्रिय रहँदै आएकी सिद्दिकी संविधान सभामा स’मानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभाषद् बनेकी थिइन्। सिद्दिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आएकी थिइन्। भारतबाट अङ्ग्रेजी साहित्यमा स्नातक सिद्दिकीका दुई छोरा र एक छोरीकी छिन्।

त्यस्तै कोरोना भाइरस सङ्क्रमणका कारण भीमदत्त नगरपालिकाका एक पुरुषको मृ’त्यु भएको छ ।कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना भएका भीमदत्त नगरपालिका–१८ भगतपुरका ४० वर्षीय पुरुषको शनिबार मृ’त्यु भएको अस्पताल को’भिड–१९ का सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनुभयो ।

तीन दिनअघि भारतबाट घर फर्किएका ती पुरुषको उपचारका क्रममा मृ’त्यु भएको उहाँले बताउनुभयो ।“तीन दिनअघि ए’न्टिजेन पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि यहाँ भर्ना गरिएको थियो”, डा रोकायाले भन्नुभयो, “मृ’तकको श’व व्यवस्थापनका लागि सेनाको टोली आउँदैछ ।” अस्पतालका अनुसार मृ’तकका श्रीमतीमा समेत कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या यहाँ वृद्धि हुँदै गएको छ ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना लक्षणसहितका बि’रामी बढ्न थालेपछि यहाँ आइसीयू श’य्या बढाइएको छ । “पहिले छ श’य्याको आइसीयू थियो, अहिले चौध श’य्या पु¥याइएको छ”, उहाँले भन्नुभयो, “अन्य व्यवस्थापनको काम पनि हुँदैछ ।”