हाम्रो देश
१३ असार २०७९, सोमवार

कोरोना संक्रमणबाट दाजुभाईको मृत्यु

डोटी ।    गत वैशाख ७ गते भारतबाट फर्किएर होम क्वारेन्टिनमै बसेको अवस्थामा डोटीको एक जना युवाको पनि मृत्यु भएको छ। भारतको गुजरातबाट फर्किएका डोटीको दिपायल सिलगढी नगरपालिका १ घटालीका एक युवकको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन तेजविक्रम शाहीले बताए। तर यहाँ परीक्षण नभएकाले आधिकारिक पुस्टि भने नभएको उनको भनाइ छ।

घटालीका ती युवकका दाजुको समेत कोरोनाकै मृत्यु भएको छ। भारतमासँगै काम गरिरहेका ती युवकको आफ्नै दाजुको कोरोना संक्रमणले ३ साताअघि भारतमै मृत्यु भएको थियो। दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण वैशाख ७ गते मृत्यु भएको हो।