हाम्रो देश
१३ असार २०७९, सोमवार

‘पहिला अक्सिजन सिलिन्डर, भेन्टिलेटर जोहो गरौं, राममन्दिर, भ्युटावर, धरहरा बनाउँदै गरौंला’

काठमाडौं ।    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको पहिलो प्राथमिकता जीवन रक्षा भएको बताउँदै यसमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् । कोरोना महामारीको दोस्रो लहरमा जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने उनको जोड छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा. भट्टराईले अहिले सरकार अस्पतालमा अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री युद्धस्तरमा जोहो गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।

“कोभिड–१९ को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो । विश्वको हटस्पट बनेको भारतसँगको खुला सीमानामा आवश्यक व्यवस्थापन गरौं,” उनले ट्विटरमा लेखेका छन्, “अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामग्रीको युद्धस्तरमा जोहो गरौं । राममन्दिर, पशुपतिका गजुर, भ्युटावर, धरहरा बनाउँदै गरौंला ।”