हाम्रो देश
१० माघ २०७७, शनिवार

ओली सरकारका मन्त्री फेर्नेबारे प्रवक्ताले मुख खोले

काठमाण्डौ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनबारे लामो चर्चाबीच नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रवक्ता नारायणकाजी श्रेष्ठले तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा छलफल नभएपनि तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनाबारे जानकारी दिएका हुन् ।

प्रबक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूले यसअघि नै संकेत गरिराख्नुभएकै छ । आजको बैठकमा त्यसबारेमा थप छलफल भएन । प्रधानमन्त्रीज्यूले यसअघि नै संकेत गर्नुभए अनुसार तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छ ।’ओली सरकारबाट हट्ने र नयाँ थपिने मन्त्रीको नाम भने आधिकारिक रुपमा अहिले सम्म सार्वजनिक भइसकेको छैन ।

नेकपा प्रवक्ताले सुनाएनन् मन्त्री फेर्ने निर्णय, व्यापक चर्चापछि गुपचुप किन राखियो ?
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्न भन्दै बोलाएको नेकपा सचिवालय बैठकले कुनै निर्णय लिन सकेन ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपनि मन्त्रीको विषयमा भने टुंगो लगाउन नसकेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रीमण्डल पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रको विषय भएको भन्दै छिट्टै यसबारे प्रधानमन्त्रीले निर्णय लिने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्