हाम्रो देश
११ असार २०७९, शनिवार

सुनको मूल्य स्थिर

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमवार छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि ९१ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य स्थिर रहँदै सोमबार सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका आज चाँदी प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।