हाम्रो देश
५ माघ २०७७, सोमवार

ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ : गोकर्ण विष्ट

काठमाडौं : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन्। बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको प्रतिक्रिया दिएका छन्।

जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र…

Posted by Gokarna Bista on Wednesday, November 20, 2019

प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए। ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ- वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ।’ विष्टले लेखेका छन्,‘अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ।’ मन्त्री पदबाट हटेपछि उनले सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवादसमेत दिएका छन‍्।हटाइएका मन्त्रीमा रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मात्रिका यादव, चक्रपाणि खनाल र थममाया थापा छन् भने राज्यमन्त्रीहरू धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्र यादव पनि पदमुक्त भएका छन्।

विष्टलाई हटाएर प्रधानमन्त्रीले उनको स्थानमा रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएका छन्। सामाजिक संजालमा मन्त्री विष्ट योग्य हुँदाहुँदै पनि हटाइएको भन्दै चर्को आलोचना भएको छ।

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेका हुन्। त्यसअनुसार राष्ट्रपतिले नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।

प्रतिकृया दिनुहोस्