हाम्रो देश
११ असार २०७९, शनिवार

पहाडी भू-भागमा आँशिक बदली, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं । मंगलबार प्रदेश नं १ तथा प्रदेश नं २ का केही भु-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भु-भागमा न्यून चापिय रेखाको प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आँशिक बदलीको सम्भावना रहेको छ। भने बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू-भागमा आँशिक बदली र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।