हाम्रो देश
११ असार २०७९, शनिवार

कमल थापाले भिडिओ सार्वजनिक गर्दै भने, ‘ मलाई जस्तो आपत् अरूलाई आइनलागोस्’

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोरोना जितिसकेका छन् । उनको स्वास्थ्य अवस्था विग्रिएर १० दिन अस्पताल बसेका थिए । कोरोना संक्रमित भएको बेलामा आफुले भोगेको पी डा बारे बताउँदै उनले एक भिडियो सन्देश सार्वजनिक गरेका छन् ।

आफू १० दिनसम्म आईसीयूमा बस्नुर्दा र ३ वर्षे नातिसहित परिवारका सबै सदस्य संक्रमित हुँदा ठूलो पी डा र कष्ट भोग्नुपरेको भिडिओमा भनेका छन्।
कोरोनाको पहिलो चरणको महामारीमा उनको परिवार संक्रमित भएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि उनले आफ्नो पी डा सम्झदै अरुलाई सचेत हुन आग्रह गरेका हुन् ।

विगतमा आफूलाई परेजस्तो पी डा कुनै पनि नेपालीको परिवारलाई नपरोस् भनेर सजगताका सुझावसहित भिडिओमार्फत चेतावनी दिएका हुन्। ‘कोरोना महामारी अत्यन्तै विकराल र डरलाग्दो भइरहेको छ,’ मंगलबार बिहान सामाजिक सञ्जालमा सेयर गरेको भिडिओ सन्देशमा उनी भन्छन्, ‘केही समयअघि म आफैं पनि कोरोना संक्रमित भएर १० दिन आईसीयूमा बस्नुपर्‍यो। मेरो परिवारको ३ वर्षे नातिदेखि लिएर सबै जना संक्रमित भयौं। त्यसबाट परिवारले धेरै ठूलो पीडा र कष्ट भोग्नुपर्‍यो।’

सचेत गराउँदै उनी सुझाव दिन्छन्, ‘यो अवस्था कुनै पनि नेपालीको परिवारमा आइनलागोस् भन्ने म चाहन्छु। त्यसर्थ यसबाट बच्नको निमित्त सरकारको मात्र भर नपरी हामीले आफ्नो नागरिक दायित्त्व पनि निर्वाह गर्नुपर्छ।’

मास्क देखाउँदै उनले अगाडि भनेका छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै मास्कको प्रयोग हो। घरबाट बाहिर निस्किँदा प्रत्येकले अनिवार्य मास्क लगाऔं, भौतिक दूरी कायम राखौं, साबुनपानीले मिचीमिची हात धोऔं। यति काम हामीले गर्न सक्यौं भने आफू, आफ्नो परिवार, समाज र राष्ट्रलाई कोरोनाबाट मुक्त तुल्याउन सक्दछौं। म यसैका निमित्त अनुरोध गर्न चाहन्छु।’