हाम्रो देश
१४ असार २०७९, मङ्गलवार

पेन्सनका लागि विवरण दिन राष्ट्र बैंकको आग्रह

काठमाण्डु–    नेपाल राष्ट्र बैंकले अवकाश पाएका आफ्ना कर्मचारीलाई निवृत्तिभरण (पेन्सन)का लागि आफ्नो बैंक खाताको विवरण दिन आग्रह गरेको छ ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मासिक निवृत्तिभरण रकम सोझै पाउन बैंक खाताको विवरण पठाउन भनेको हो ।
राष्ट्र बैंकको बैंकिङ कार्यालय र प्रदेशस्थित कार्यालयमा सम्पर्क गर्न राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ ।