हाम्रो देश
१९ असार २०७९, आइतवार

मधेस आन्दोलनका फौजदारी मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् ।

सरकारले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १ सय २० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको प्रवक्ता गुरुङले बताए। मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए।