हाम्रो देश
१२ असार २०७९, आइतवार

‘ओलीकाे आफूखुसी क्रियाकपाल बन्द नभएसम्म हाम्राे अभियान राेकिँदैन’ : भीम रावल

काठमाडौं, बैशाख १५ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले देशैभर सन्तोषजनक रुपमा समानान्तर कमिटी र भेलाहरु भएको निष्कर्ष निकालेको छ ।

काठमाडौंमा बुधबार बसेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कदमविरुद्धका कदम र संघर्षलाई यथावत राख्न निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो ।

उहाँले ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताउनुभयो ।

बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महामारीलाई ध्यान दिँदै आगामी दिनमा धेरै ठूला भेला र बैठक आयोजना नगर्ने स्थायी कमिटी बैठकको निर्णय छ ।