हाम्रो देश
१४ असार २०७९, मङ्गलवार

निषेधाज्ञामा घरजग्गा कारोबार पनि बन्द

काठमाडौं । निषेधाज्ञाको समयमा घरजग्गा किनबेच नहुने भएको छ । भुमि व्यवस्था तथा अभिलेख विभागले आज एक सूभना जारी गर्दै निषेधाज्ञाको समयमा आन्तरिक काम बाहेक अन्य सेवाहरु बन्द हुने जनाएको हो ।

विभागले जारी गरेको सूचनाका अनुसार निषेधाज्ञा भएका जिल्लाहरुमा मालपोत कार्यालयहरुबनाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द हुने र निषेधाज्ञा नभएका जिल्लाहरुमा कोभिड संक्रमणको अवस्था हेरी स्थानीय प्रशासनसँग समन्वय गरेर सेवालाई व्यवस्थापन गर्न सकिने जनाएको छ ।