हाम्रो देश
१३ असार २०७९, सोमवार

काठमाडौं उपत्यकामा भोलि रातिदेखि निषेधाज्ञा, आज मात्रै ४५ हजार बढीले छाडे उपत्यका

काठमाडौं । आज पनि हजारौंले काठमाडौं उपत्यका छाडेका छन् । कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी हुने भएपछि आज दोस्रो दिन पनि राजधानी छाड्नेहरुको घुइचो बढेको थियो ।

 

बिहीबार राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा जारी हुने भएकोले आज बिहानैदेखि गोँगवुस्थित नयाँ बसपार्क, कलंकी र कोटेश्वरमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरुको घुइँचो लागेको थियो । बुधबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ४५ हजार बढीले उपत्यका छाडेका छन् ।

 

यसअघि सोमबार ५० हजार र मंगलबार ५२ हजार बढीले काठमाडौं उपत्यका छाडेका थिए । केही समय अघिसम्म यात्रु नपाउदा खाली गुडेका सवारी साधनले खाँदाखाद यात्रुहरु लिएर काठमाडौं उपत्यका छाडेका छन् ।