हाम्रो देश
१२ असार २०७९, आइतवार

निषेधाज्ञाको पहिलो दिन : काठमाडौं उपत्यकामा कडा चेकजाँच

कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्नका लागि सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा आजदेखि निषेधाज्ञा लगाएको छ । आज बिहानदेखि काठमाडौंमा निषेधाज्ञा सुरु भएको छ ।

निषेधाज्ञाको समयमा प्रहरी चेकजाँच कडा बनाइएको छ । काठमाडौंको चोक चोकमा सशस्त्र र नेपाल प्रहरीसहितको सुरक्षा टोलीले चेकजाँच गरिरहेको छ । सडकमा सवारी चाप निकै कम देखिएको छ । तर बैङ्क तथा वित्तीय संस्था, अत्यावश्यक सामग्री ढुवानी तथा विभिन्न पास लिएका सवारीसाधन सञ्चालनमा रहेका छन् ।