हाम्रो देश
१६ असार २०७९, बिहिवार

भेरी अस्पतालमा २८८ जनाको पिसिआर गर्दा २१४ मा कोरोना

काठमाडौं : पछिल्लो २४ घन्टामा भेरी अस्पतालमा २ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १३२ जना पुरुष र ८२ जना महिला रहेका छन्। जसमा बाँकेका १९२, बर्दिया १२, सुर्खेत ३, र बाँकी अन्य जिल्लाका रहेको अस्पतालले जनाएको छ।

यस्तै, नेपालगञ्ज‍ उपमहानगरपालिकाबाट मात्र १९२ जना पहिचान भएका छन्। उमेर समूहमा २० वर्षदेखि ५० वर्ष उमेर समुहका मात्र १३७ जना रहेको अस्पतालले जनाएको छ।