हाम्रो देश
११ असार २०७९, शनिवार

विदेशबाट आएका मृत नेपालीहरुको शव विमानस्थलदेखि घरसम्म लैजान नरोकिने

काठमाडौं := नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव लैजान र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ।

वैदेशिक रोजगार बोर्डले एक सूचना जारी गर्दै अन्य सेवाहरू भने अनलाइनबाटै सञ्चालन हुने भएपनि सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मृतकको घर ठेगानासम्म निःशुल्क पठाउँदैआएको छ। र सोही प्रक्रिया नियमित चल्ने बोर्डले जनाएको छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाईसेवा भने रोकिएका छैनन्। दैनिक औषत दुई/तीनवटा शव विदेशबाट विमानस्थलमा आउने गरेको जनाएको छ।