हाम्रो देश
११ असार २०७९, शनिवार

नायिका पुजा शर्माको आज २७ औँ जन्मदिन

प्रेम गीत , मधुमास, म यस्तो गीत गाउँछु, राम कहानी लगायत दर्जन हाराहारी चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेकी नायिका पुजा शर्माको आज २७ औँ जन्मदिन परेको छ । सन् १९९४ मा आजकै दिन सिन्धुपाल्चोकमा जन्मिएकी पूजाले पत्रकारिता मार्फत करीअर सुरुवात गरेकी हुन् भने चलचित्र क्षेत्रमा छोटो समयमा नै दर्शकको मन जित्न सफल नायिका हुन् ।

उनलाई सामाजिक जन्मदिनको शुभकामना दिनेहरु थुप्रै छन् । कोरोनाका कारण सरकारले लकडाउनको घोषणा गरेकाले पुजा अहिले घरमै दिन बिताइरहेकी छन् । सार्वजनिक रुपमा बाहिर निस्कन नमिल्ने भएकाले उनको साथीभाईसंग कुनै स्पेशल कार्यक्रम भने नभएको हुनुपर्छ । तर सामाजिक सञ्जालमा उनलाई थुप्रैले जन्मदिनको शुभकामना दिएका छन् ।

धेरै फिल्ममा संगै खेलेका पुजा र आकासलाई जोडीका रुपमा दर्शकले निकै मन पराएका छन् । उनीहरुको नाम जोडेर फ्यान क्लवहरु बनाइएका छन् । फेसवुक पेजमा उनीहरुको नाम जोडेर फ्यान पेज बनाईएको छ ।

कतिपयले उनीहरु प्रेममा रहेको पनि चर्चा गर्ने गरेका छन् । यद्धपी पुजा र आकासले प्रेमका बारेमा भने खुलेर केही बताएका छैनन् । तर दुवै जनाले निकै मिल्ने साथी र एकअर्काको सहयोगी पनि भएको स्वीकार गरेका छन् ।