हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

पब्जी खेलेर नेपाललाई चिनाउँदै ‘ज्यानमारा’ टिम

काठमाडौं । विश्व चर्चित मोबाइल भिडियो गेम पब्जी २०१७ काे मार्चमा विश्व भर सार्वजनिक भएको थियो । सोही वर्षको अन्त्यतिर नेपालमा पनि याे गेम भित्रियाे । विदेशमा जस्तै नेपालमा पनि पब्जी गेम उत्तिकै लोकप्रिय बन्यो, विशेष गरी युवा जमातमाझ । झापाका युगिन सम्बाहाम्फे लिम्बु (हाल काठमाडौं) पनि सुरूका दिनमा साथीभाइसँग पब्जी खेल्ने गर्थे ।

पब्जी नेपालमा भित्रिएको केही महिनामै उनी एमबीए अध्ययनका लागि अष्ट्रेलिया गए। अष्ट्रेलिया पुगेपछि त उनी झनै पब्जी खेल्न थाले। युगिन पढाइ र कामपछिको खाली समय सबै पब्जी खेलमै बिताउँथे । देश र आफन्तदेखि टाढा विदेशमा बसिरहेको बेला पब्जी मार्फत दाजुभाइ र साथीसँग जोडिन पाउँदा उनलाई नेपालमै भएको महसुस हुन्थ्यो । पब्जी खेलमा उनी यति धेरै रमाउन थाले कि, काम वा कलेजबाट फर्किरहँदा गाडीमा समेत पब्जी नै खेलिहरेका हुन्थे ।

टिमकाे नाम ‘ज्यानमारा’ ! उनी ‘ज्यानमारा स्पोर्ट्स’ को नामबाट ब्याटल ग्राउण्डमा उ’त्रिन थाले । पब्जी गेमिङ तथा ईस्पोर्ट्समा रुचि राख्नेहरुका लागि पक्कै पनि यो नाम नौलो होइन । २०१८ तिर बनेको टिमलाई युगिनले ‘ज्या’नमारा’ नाम दिए । तर पब्जीमा दर्ता गराउन ज्यानमारा नाम एकदमै आक्रमक सुनियो । गेमको प्रकृति अनुसार नाम त सुहाउँदाे नै थियो । तर यसको शाब्दिक अर्थ भने हिंसात्मक थियो ।

यसैले गर्दा दर्ता प्रक्रियामै अप्ठ्यारो आउने देखेपछि युगिनले टिमको नाम ‘ज्यानमारा’ बाट ‘जेएम स्पोर्ट्स’ मा परिवर्तन गरिदिए । पब्जी गेम खेलि रहँदा युगिनको समय रमाइलोमा मात्र बितिरहेको थिएन । उनले आफू जस्तै पब्जी खेलमा लाग्नेहरुको जमात पनि फेला पारेका थिए । र, त्यसभित्रबाटै एउटा बलियो टिम पनि तयार पारिसकेका थिए । पब्जी गेमका स-साना लोकल टुर्नामेन्टहरु आयोजना भइरहन्थे ।

टिमले दिनहुँ ५/६ वटा टुर्नामेन्ट खेल्न थाल्याे र जित्न पनि थाल्याे । यसैबीच नेपालमा पहिलोपटक त्यतिबेलाकाे सबैभन्दा ठूलो एक लाख राशीको टुर्नामेन्ट आयोजना भयो। युरोहब एजुकेसन कन्सल्टेन्सीले आयोजना गरेको उक्त टुर्नामेन्टमा युगिनको टिम फाइनलसम्म पुग्यो । युगिन अष्ट्रेलियामै पढाइ र काममा व्यस्त हुन्थे । यसो हुँदा खेलमा पर्याप्त समय दिन सकिरहेका थिएनन् । दाजुभाइले मात्र टिमलाई अगाडि बढाउन नसकेपछि नयाँ खेलाडी खोज्दै जोड्न थाले ।

पछी नेपालमा आफ्नो टिमको व्यवस्थापनमा अल्झिएपछि युगिनले पनि अष्ट्रेलिया माया मारे । हाल अष्ट्र्लियाको पढाइलाई काठमाडाैंकाे प्रेसिडेन्सियल कलेजमा निरन्तरता दिइरहेका छन् । २७ वर्षीय युगिनको सपना ‘ज्यानमारा’ लाई राष्ट्रिय पब्जी टिममा विकास गरेर विश्व मन्चमा देशको प्रतिनिधित्व गर्नु हो । नाम, दाम सबैको भविष्य पब्जी स्पोर्ट्समै देखेका युगिन अहिले पब्जीकै लागि अष्ट्रेलिया छोडेर नेपालमा बसिरहेका छन् ।

युगिनले नेतृत्व गरिरहेको यो टिममा अहिले १६ देखि २३ वर्ष उमेर समूहबीचका खेलाडीहरु छन् । जसमा JMX व्याङ विशाल तामाङ अष्ट्रेलिया, JMX समिर समिर तुङ्खेवा लिम्बु धरान,JMX जेरोफेयर जोन तामाङ बुटक्याम्प र JMX सोनिम, आशिक बेगा लिम्बु विराटचोक छन् । २०२१ को स्प्रिङ स्प्लिटमा भने पीएमसीओबाट शीर्ष तीन टिमलाई मात्र लिएको हुँदा ‘ज्यानमारा’ टिम पीएमपीएलमा जान सकेन ।