हाम्रो देश
१२ असार २०७९, आइतवार

स्वास्थ्यकर्मीलाई १०० प्रतिशत भत्तादेऊ, अक्सिजन प्लान्ट सूचारु गर : जनार्दन शर्मा

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमण डरलाग्दो अवस्थामा फैलिएपछि नियन्त्रण तथा व्यवस्थापनका सम्वन्धमा माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु, अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भइ उपचारमा गम्भीर समस्या पैदा भैरहेको अवस्थामा डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्वपूर्ण भुमिका खेलिरहेको भएपनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरु सक्रिय बनाउनु पर्ने आवश्यक नेता शर्माले औल्याउनुभएको छ ।

देशका कतिपय अस्पतालमा ओपीडि सेवा समेत बन्द रहेका छन् । यो अवस्थामा सरकारको गम्भीर ध्यानाकर्षण गर्दै नेता शर्माले निम्न कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

उहाँकाे मागहरु उहाँकै शव्दमा,

१) देश भरका सरकारी तथा निजि सबै अस्पताल संग भएको उपचार क्षमताको आँकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरु संग सहकार्य गरि ७० प्रतिशत बेड कोभिड उपचारको लागि छुट्याउने ।
२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने, सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।
३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि,रेम्डिसिभिर सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।

४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।

५) आइसियु इकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इकुमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।

६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १००प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने ।