हाम्रो देश
१४ असार २०७९, मङ्गलवार

वीर अस्पतालको सर्जिकल भवनबाट कोरोना संक्रमितको उपचार हुने

काठमाण्डु –   वीर अस्पतालको नयाँ भवन (सर्जिकल भवन)बाट एकहप्ताभित्रै कोरोना उपचार थालिने भएको छ । भर्खरै निर्माण सम्पन्न नयाँ भवनमा २ सय बेडको कोरोना उपचार युनिट सञ्चालनमा लउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहनीले जानकारी दिए ।

शुरुमा २ सय बेडको कोभिड – १९ युनिट सञ्चालन गर्ने र आवश्यकताका आधारमा बेड बढाउँदै लैजाने उनको भनाइ छ । यो युनिटमा आइसीयू, एचडीयू र जनरनल बेडहरु उपलव्ध हुने छ ।

स्वास्थ्य मन्त्रालयले समेत वेड उपलब्ध गराउन नसक्ने बताएको भन्दै आलोचना भएका बेला वीरको नयाँ भवनबाट सेवा संचनलन गर्ने तयारी भएको हो । कोभिड युनिट सञ्चालन गर्न मन्त्रालयले आवश्यक उपकरण र जनशक्ति सहयोग गर्ने डा लोहनीले स्पष्ट पारे ।