हाम्रो देश
१३ असार २०७९, सोमवार

मलेसियामा कोरोनाले आजमात्रै पुनः १५ जनाको मृत्यु, संक्रमित ४ लाख ११ हजार ५९४ पुग्यो

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ४ लाख ११ हजार ५९४ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १,५२१ जना पुगेको छ।

यहीँ मिति सन् २०२१ , मेय , १ तारिख, शनिबारको दिन कोरोनाको कारण थप १५ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या १,५२१ जना पुगेको हो।

आज मात्रै पुनः २,८८१ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज २,४६२ जना निको भएसंगै जम्मा ३ लाख ८० हजार ४४२ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म २९ हजार ६३१ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ३३७ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।