हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

८० रुपैयाँको हर्रो बेच्दा ९ वर्षीय बालकलाई १५ रुपैयाँ कर

संखुवासभा

पाँचखपन नगरपालिका–३ माक्सुवाका ९ वर्षीय भुवन कार्कीले ८० रुपैयाँको हर्रो बेच्दा १५ रुपैयाँ कर तिरे । सदरमुकाम खाँदबारीमा लाग्ने शनिबारे हाटमा कार्कीले कापीकलम किन्न घर छेवैमा फलेको हर्रो बजारमा बेच्न ल्याएका थिए । संखुवासभाको खाँदबारीमा

लाग्ने हाटमा हर्रो बेच्दै भुवन कार्की । उनले गत शनिबार ७ दाना हर्रोको १० रुपैयाँ लिँदै बिक्री गरे । ३ घण्टामा ८० रुपैयाँको हर्रो त बेचे तर १५ रुपैयाँ भने हाट करबापत तिरे । खाँदबारी नगरपालिकाले टुँडिखेलमा लाग्ने साप्ताहिक बजारका लागि हाट

कर निर्धारण गरेअनुसार ठेकेदारले कार्कीसँग १५ रुपैयाँ कर उठाएका हुन् । शनिबारे हाटबजारमा जति रुपैयाँ बिक्री गरे पनि १५ रुपैयाँ ठेकेदारले सरसफाइका नाममा करबापत उठाउँदै आएका छन् । हर्रो बेच्ने कार्की पाँचखपनस्थित देवकोटा आधारभूत

विद्यालयको कक्षा ३ मा अध्ययनरत छन् । कोरोना संक्रमण बढेपछि स्थानीय स्तरमा पाइने हर्रोको बिक्री बढेको छ । शनिबारे हाटमा हर्रो राखेर बसेका उनको हातमा खाँदबारी नगरपालिकालाई तिरेको हाट करको बिल पनि थियो । पढ्दै, घरको काम गर्दै

बाँकी रहेको समय उनले जंगलमा गएर हर्रो बटुलेर बेच्ने गरेको बताए । कार्की माक्सुवाबाट कम्तीमा ४ घण्टा हिँडेर सदरमुकाम खाँदबारीको शनिबारे हाट आइपुग्छन् । हर्रो, बर्रो, अमला बेचेर कमाएको पैसाले उनी कापी, कलम, चप्पल किन्ने गरेको

बताउँछन् । कहिलेकाहीँ बिक्री नहुँदा पनि उनले १५ रुपैयाँ हाटकर भने तिर्नैपर्छ । ३ दाजुभाइसहित उनको परिवारमा ५ जना छन् । उनका बुबा मेखबहादुरले छोरा शुक्रबार विद्यालयबाट आएर जंगल जाने र कन्दमुल खोजेर साँझ घर फर्किन्छन् । ‘मजदुरी गरेर ल्याएको

कमाइले घरमा छाक टार्न र व्यवहार धान्न नै मुस्किल हुन्छ,’ उनले भने, ‘एक पाथीको बीउ लाग्ने जग्गा जमिन छ, त्यसबाट उब्जिएको अन्नले ३ महिना खानलाई पनि पुग्दैन ।’ कर उठाए पनि हाटबजारको नियमित सरसफाइ र बजार व्यवस्थित भने हुन सकेको छैन । कर तिर्नु दायित्व भए पनि करको दर स्पष्ट नभएको अधिकारकर्मी रूद्रनाथ दाहालले बताए । kantipur