हाम्रो देश
७ माघ २०७७, बुधवार

दुर्गेश थापा र सारिका केसीको बिहेमा बज्यो पञ्चेबाजा

काठमाडौं / मंसीर महिना लागे संगै नया गीतहरू सार्वजनिक हुनेक्रम निकै तातिरहेको छ । यसै अवसरमा दीपिका म्युजिक को प्रस्तुती नया गीत बस आडैमा भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतलाई दिपक कडेंल ले शब्द सिर्जना गरेका छन् भने प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन् । गीतमा देवेन्द्र थापा र देवी घर्ती को आवाज रहेको छ ।

सारिका केसी र दुर्गेश थापा को अभिनय रहेको सो गीतलाई दीलिप रेग्मीले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

लोक दोहोरी गीतको म्युजिक भिडियोमा पछिल्लो समय मोडल सारिका केसीको अभिनय निकै नै रुचाउँछन् । विशेष रोनाधोना गीतमा अभिनय गर्ने मोडल सारिकाले धेरै हिट गीतहरुमा अभिनय गरिसकेका छन् ।

दुर्गेश थापा गायक पनि हुन्, तर; गायनमा भन्दा मोडलिङमा धेरैनै थापालाई देख्न सकिन्छ । यस्पालीको तीजमा उनले गाएको गीत भाइरल बनेको थियो ।

प्रतिकृया दिनुहोस्