हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

सुपरस्टार अल्लु अर्जुनलाई कोरोना संक्रमण, अवसरमा पाएमा खोप लगाउन अपील

काठमाडौं । साउथका सुपरस्टार अल्लु अर्जुनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सुपरस्टार अल्लु अर्जुन आफैले सोसल मिडिया ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । अहिले उनी होम आइसोलेसनमा रहेका छन् । उनलाई केही दिन अगाडिसम्म आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई कोरोना टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ भएको छ । मैले आफूलाई आइसोलेट गरेको छु । म सँग सम्पर्कमा रहनुभएका सबैले कोरोना टेष्ट गर्नुहुन अनुरोध गर्दछु ।’ त्यस्तै, उनले आफू ठीक रहेको बताउँदै आफ्नो विसर्स तथा फ्यानहरुलाई चिन्ता नगर्न आग्रह पनि गरेका छन् । उनले सबैलाई घरमै बस्न र सुरक्षित रहन आग्रह गर्दै अवसर पाएमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अपील पनि गरेका छन् ।