हाम्रो देश
१९ असार २०७९, आइतवार

कोरोनाबाट दोलखाकी २९ वर्षीया युवतीको भक्तपुरमा मृत्यु

दोलखा : दोस्रो लहरको कोरोना संक्रमणले दोलखाकी २९ वर्षीया युवतीको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका -६, चरिकोट घर भएकी २९ वर्षीया युवतीको कोरोना संक्रमणका कारण आइतबार बिहान भक्तपुर इन्टरनेशनल हस्पिटलमा मृत्यु भएको हो ।

जात्रा हेर्न भक्तपुर माइती गएको बेला बिरामी परेकी उनको पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको बताइएको छ । उनको परिवारमा बुवा, आमालाई पनि संक्रमण देखिएको छ। आमालाई निको भइसकेको परिवार स्रोतले बताएको छ । बुवा अझैं अस्पतालमा उपचाररत रहेको स्रोतको भनाइ छ ।

उनले चरिकोट आउँदाआउँदै संक्रमणको खबर पाएपछि छुट्टै बसेकी परिवार स्रोतले जनाएको छ । उच्च ज्वरो देखिएपछि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि पुनः मंगलबार भक्तपुर लगिएको परिवार स्रोतले बताएको छ ।

मृतक युवतीको तथ्यांक भक्तपुर जिल्लाले राख्ने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए । उनको सम्पर्कमा गएकाहरूको ट्रेसिङको काम अघि बढिसकेको र लक्षणको आधारमा उनीहरूको परीक्षण हुने प्रमुख पौडेलले बताए।