हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

एमालेका तीन सांसदले दिए राजीनामा, अफ्ठ्यारोमा मुख्यमन्त्री पोखरेल

काठमाडाैं : मुख्यमन्त्रीमा पुनर्नियक्त भएलगत्तै शंकर पोखरेल फेरि अर्को समस्यामा परेका छन्। नेकपा एमालेका तीन जना प्रदेशसभा सदस्यले आज उनको पुनर्नियुक्ती प्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्।

उनीहरूले नियुक्ति प्रति असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएको बताइएको छ । राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही छन्। यद्यपि शाहीले आफूले पदबाट राजीनामा नदिएको र नेकपा माओवादी-नेपाली कांग्रेस गठबन्धनलाई सघाउने बताएका छन्।