हाम्रो देश
१२ असार २०७९, आइतवार

बाबुराम भट्टराई अझै केही दिन वीर अस्पतालमै रहने

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई अझै केही दिन वीर अस्पतालमै रहने भएका छन्। पेटको ट्युमरको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका भट्टराई अझै केही दिन अस्पतालमै रहने चिकित्सकहरूले बताएका छन्।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भट्टराई अस्पतालमै रहनेछन्। भट्टराईको गत शुक्रबार पेटको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। केही दिन चिकित्सकहरूको निगरानीमा अस्पतालमै भट्टराई रहने उनको सचिवालयले जानकारी दिएको छ।