हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

मेडिकल कलेज कोहलपुरमा थप ४ संक्रमितको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बाँकेका हुन भने २ जना कैलालीका रहेका छन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, नेपालगन्ज १० का ७० बर्षिय पुरुषको गएराती ११:४० बजे अस्पतालमा मृत्यु भएको छ ।

उनको १७ गते पिसिआर जाँच गरिएको र १८ गते अस्पताल भर्ना गरिएको थियो । त्यसैगरी, बर्दगोरिया ६, कैलालीका ८० बर्षिय पुरुषको पनि गएराती ११:५० मृत्यु भएको छ । उनलाई १४ गते पिसिआर जाँच गरी पोजेटिभ आए पश्चात् १५ गते अस्पताल भर्ना गरी उपचार थालिएको थियो ।

ओलीका अनुसार, धनगढी १८, कैलालीका ५५ बर्षिय पुरुषको आज बिहान ४:३० बजे मृत्यु भएको छ । उनलाई १९ गते पिसिआर जाँच गरिएको र २० गते अस्पताल भर्ना गरिएको थियो । त्यसैगरी, बैजनाथ ५ बाँकेकी ६२ बर्षिया महिलाको पनि आज बिहान ६:३० बजे मृत्यु भएको छ ।

उनको पनि १९ गते पिसिआर जाँच गरीएको थियो पोजेटिभ आए पछि २० गते अस्पताल भर्ना गरी उपचार थालिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४१ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गर्न आई मृत्यु हुनेको संख्या १२५ पुगेको छ ।