हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

आजदेखि सबै आन्तरिक उडान बन्द

सरकारले आजदेखि देशभित्र हुने सबै आन्तरिक हवाई उडान बन्द गरेको छ। कोरोना भाइसरको संक्रमण नियन्त्रणको लागि सरकारले हवाइ उडान बन्द गरेको हो। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णयअनुसार गएरातिदेखि नेपालभर हुने सबै आन्तरिक उडान बन्द भएका छन्। वैशाख मसान्तसम्म आन्तरिक उडान बन्द रहने पर्यटन मन्त्रालयले जनाएको छ। सरकारले आगामी बिहीवारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्दैछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख २३ राति १२ बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको हो। स्वास्थ्य मापदण्डको पूर्ण पालनागरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल र भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु हप्ताको दुईवटा मात्र सञ्चालन हुने दिने निर्णय पनि सरकारले गरेको छ।