हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

कति छ आज नेपाली बजारमा सुनको मूल्य ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।