हाम्रो देश
१२ असार २०७९, आइतवार

दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

२२ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ का ५० वर्षीया महिलाको बुधबार बिहान १० बजे मृत्यु भएको हो । उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।

योसँगै उपचारका लागि बाँके आएका बाहिर जिल्लाका १२६ जना संक्रमितको मृत्यु भएको उनले बताए । यसअघि सोमबार बिहान बाँकेको डुडुवा गाउँपालिका–५ का २७ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको थियो ।