हाम्रो देश
११ असार २०७९, शनिवार

प्रधानमन्त्री ओलीले साँझ ५ बजेका लागि बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो बालुवाटारमा एमाले स्थायी कमिटी बैठक राख्नु भएकाे थियो । सो बैठक पछि प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।

स्थायी कमिटी बैठमा बैशाख २७ गते आह्वान गरिएको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल गर्ने निर्णय भएको नेकपा एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताउनु भएको छ । सथायी कमिटी बैठक लगत्तै प्रधानामन्त्री भने राष्ट्रपति निवास शीतल निवास जानु भएको छ ।