हाम्रो देश
१२ असार २०७९, आइतवार

देउवालाई ठाकुर र महतोले भने–हामी विश्वासको मतबारे तटस्थ बस्छौं, उपेन्द्रको भर नपर्नुहोस

काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापति देउवाको निवासमा भएको भेटवार्तामा ठाकुरले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कुरामा आफूहरु तटस्थ बस्ने ठाकुर र महतोले जवाफ दिएको बुझिएको छ । प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिँदैछन् ।

देउवासँगको भेटवार्तामा अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवको भर नपर्न भनेका थिए ।कांग्रेस, माओवादी केन्द्र, जसपाका उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीलाई जसरी पनि असफल बनाउने बताईसकेको छ । उनीहरुलाई एमालेको असन्तुष्ट पक्ष माधव नेपाल समूहले साथ दिने पनि प्रतिबद्धता जनाईसकेको छ । पार्टीभित्रको आन्तरिक विवादका कारण एमालेको विभाजन अवश्यम्भावी छ । माधव नेपाल पक्षधर सांसदहरुले आजै सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

त्यसको लागि उनीहरुले हिजै हस्ताक्षरसमेत संकलन गरेको बताईएको छ । आज बस्ने स्थायी कमिटी बैठकपछि एउटा निश्कर्षमा पुग्ने नेता युवराज ज्ञवालीले जनाएका छन् । पार्टी एकता बचाउनको लागि आफूहरुले हदैसम्मको लचकता अपनाएको तर सहमतिमा आउन अध्यक्ष ओलीले नचाहेको माधव नेपाल पक्षधरको दाबी छ ।