काठमाडौँ । अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको नि’धन भएको छ । सापकोटाको कोरोनाको कारण मंगलबार नि’धन भएको हो । सापकोटाको नि’धन भएको फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
‘मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले नि’धन भएको खबर सुनेर स्तब्ध भएको छु। अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर, सत्यको अगाडि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेतालाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।’
निर्देशक पराजुलीले मृ,त्यु भएका सापकोटा प्रति श्र’द्धाञ्जली ब्यक्तगर्दै परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन्। सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेमविवाह गरेकी थिइन्। उनीहरुको एक सन्तान पनि छ। अभिनेत्री श्वेताले ‘रिदम, ब्ल्याक मेल, प्रोड्यूसर’ लगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनयबाट टाढा भएकी थिइन् ।