हाम्रो देश
११ असार २०७९, शनिवार

सालको पात टपरीपछि पन्तले ल्याए पिलि पिलि जुनकिरी (भिडियो)

अमेरिका : चौतर्फी चर्चा बटुल्न सफल गीत सालको पातको टपरीपछि सर्जक नवराज पन्तको नयाँ गीत पिलि पिलि जुनकीरी बजारमा आएको छ। बसन्त थापा, देवी घर्ती र सुनिता गुरुङको स्वर रहेको गीतमा थापा स्वयम्को संगीत छ। 

गीतका सर्जक पन्त अमेरिकाको मेरिल्याण्डमा बस्छन्। ‘सालको पातको टपरी हालसम्मकै सर्वाधिक सफल गीतको रेडर्क बनाउन सफल भएको छ’, उनले भने, ‘हामीले सोचे भन्दा धेरै सफल भयो, पिलि पिलिलाई पनि दर्शक श्रोताले त्यतिनै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।’