हाम्रो देश
९ असार २०७८, बुधवार

कर्णाली प्रदेश सरकारका २ मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारका २ मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिएका हुन् । मन्त्री केसीले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा आफूहरुले राजीनामा दिइसकेको जानकारी गराएकी छन् ।

त्यस्तै, नयाँ मन्त्री को आउँछ ? भन्ने विषयमा अहिलेनै निर्णय नभएको पनि उनले जानकारी गराएकी छन् । नयाँ मन्त्रीको बारेमा पार्टीले नै निर्णय गर्ने उनको भनाइ छ ।