हाम्रो देश
१५ असार २०७९, बुधवार

हामीले ओलीलाई पदमुक्त गर्न राजीनामा दिनुपर्छ : भीम रावल

काठमाडौं ।   नेकपा एमालेका नेता भीम रावलले राजीनामा दिएर जानुपर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जाल ट्विटमार्फत् प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त गर्नु आवश्यक रहेको भन्दै राजीनामा दिए अघि बढ्नुपर्ने उनले बताए ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’