हाम्रो देश
११ असार २०७९, शनिवार

बुधबार काभ्रेमा चार संक्रमितको मृत्यु

काठमाडौं : जिल्लामा बुधबार ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा उपचाररत संक्रमित ३ पुरुष र एक महिलाको बुधबार उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा धनगढी, भक्तपुर, काठमाडौंका पुरुष र ललितपुरकी एक महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालको आइसोलेसनमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए।

जिल्लामा बुधबार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. झाले जानकारी दिए। हाल जिल्लामा सक्रिय संक्रमित १५ सय १८ जना पुगेको छ। महिला ६ सय ९४ जना र पुरुष ८ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ।

कोरोना संक्रमितमध्ये ४८ जना जिल्लाका विभिन्न अस्पतालमा उपचार भइराखेको छ। कोरोना संक्रमणबाट काभ्रे जिल्लामा १ सय १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रे जिल्ला भित्रको ६८ जना र अन्य जिल्लाको ३३ जना कोरोन संक्रमणबाट मृत्यु भएको छ।