हाम्रो देश
११ असार २०७९, शनिवार

पूर्वराजा ज्ञानेन्द्र शाह १९ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार डिस्चार्ज भएका छन् । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा उनी पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्यमा निकै राम्रो सुधार भएको थियो । कोरोनाका लक्षणहरु हराएपछि उहाँको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालमा उपचाररत पूर्वमहारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँगै अस्पतालमै छिन् ।