काठमाडौ । पोखरामा सबैभन्दा चर्चित टेलिभिजन हो गण्डकी टेलिभिजन । सोही टेलिभिजनका प्रबन्ध निर्देशक समेत रहेका पोखराका पत्रकार गणेश पौडेलको निधन भएको छ। महामारीले उनलाई पनि लगेको हो । स्वास्थ्यमा खराबी आएपछि उनलाई गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत पौडेलको विहिवार निधन भएको हो। पोखरा ३३ बागमरा निवासी ४० वर्षीय पौडेल एक साता अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए।
गण्डकी टेलिभिजनका प्रबन्ध निर्देशक रहेका उनी क्यामेरा पर्सन हुँदै पत्रकारितामा प्रवेश गरेका थिए । उनकै टिमले पोखरामा निकै लोकपृय रहेको कार्यक्रम गण्डकी छड्के चलाउँदै आएको छ । त्यसको संचालक अपिल त्रिपाठी हुन् ।
त्रिपाठीकै टिममा रहेका पौडेलको निधनले गण्डकी टेलिभिजनलाई ठूलो क्षती पुगेको छ । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमाला भण्डारीले पौडेलको निधनमा दुस्ख व्यक्त गरेकी छन्। पौडेलका श्रीमति र दुई छोरा छन्।