हाम्रो देश
११ असार २०७९, शनिवार

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ४१ सयभन्दा बढीको मृत्यु

३० वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण ४ हजार १२० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप ३ लाख ६२ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ३७ लाख ३ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ लाख १० हजार नाघेको छ ।