हाम्रो देश
१२ असार २०७९, आइतवार

माधव नेपालसँग निर्णायक वार्ताका लागि प्रधानमन्त्री ओली बालुवाटारबाट निस्किए

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन् । माधवकुमार नेपालसँग निर्णायक वार्ताका लागि उनी बालुवाटारबाट निस्किएका हुन् । प्रधामन्त्री ओली २ बज्नै लाग्दा निस्किएका हुन् । ओली र नेपालबीच एमालेको एकता जोगाउन निर्णायक वार्ता तय भएको छ ।

यसअघि ओलीले टेलिफोन वार्ता गरी नेपालसँग वार्ता तय गरेका थिए । यो भेटलाई चासोका साथ हेरिएको छ । ओलीले २० एमालेका प्रत्यक्ष निर्वाचित सांसदलाई राजीनामाबाट रोक्न प्रयासस्वरुप सहमतिको सुत्रका लागि छलफल बढाएका छन् । आजै राष्ट्रपति भण्डारीले बहुमतको सरकार निर्माणका लागि गरेको आव्हानको समय सकिदैछ । यस्तो अवस्थामा ओलीको सक्रियता अर्थपूर्ण छ ।